माघ २७, काठमाडौं । भोलि बुधबार काठमाडौंमा बृहत जनप्रदर्शन गर्न लागेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड – नेपाल पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज बोलाइएको बैठकमा आन्दोलनको समीक्षाका साथै र भोलि आयोजना गरिने बृहद् विरोध सभाबारे छलफल हुनेछ । यसअघि गत २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा करिब २ लाख मानिस उतार्न लागेको प्रमण्ड नेपाल पक्षले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड माधव पक्षले त्यसलाई प्रतिगमन भन्दै संघर्ष गरिरहेको छ ।