आज अख्तियार दिवस, जिम्मेवारी हेरफेर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २८, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज माघ २८ गते आफ्नो ३१ औं वार्षिकोत्सव मनाउने भएको छ । गत साता आयोगमा नयाँ प्रमुख आयुक्त र केही आयुक्तको नियुक्ति भएकाले वार्षिकोत्सवको रौनक थपिएको बताइएको छ । हालै प्रमुख आयुक्त र आयुक्तहरुको कार्यविभाजन समेत भएको छ । अख्तियारमा मुख्यगरी मन्त्रालयको जिम्मेवारी हेर्ने भागबण्डा नै कार्य विभाजन हो ।

विशेषगरी अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालयलाई महत्वपूर्ण मन्त्रालयको रुपमा हेर्ने गरिएको छ । सबै आयुक्तलाई तिनै मन्त्रालय भाग पर्नेगरी बाँडफाँड गरिएको हो । बाँडफाँडमा प्रमुख आयुक्त प्रेमकुमार राईलाई गृह,रक्षा र सुरक्षा निकायको जिम्मेवारी परेको छ । त्यसैगरी अर्थ,पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेशनको जिम्मा पनि प्रमुखलाई दिइएको छ । आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी,शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी परेको छ । अर्का आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा सम्बन्धी,न्याय क्षेत्र र कानुनसम्बन्धी विषयको साथै सहरी विकास आदि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस