राष्ट्रपतिद्वारा गङ्गामायाको जीवन रक्षा र भागरथीको हत्यासम्बन्धी अनुसन्धान तीब्र बनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २८, बुधबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अनसनमा रहेकी गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी अनुसन्धानलाई तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह गरेकि छिन् । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबे माग गर्दै अनसन बस्नु भएकी गङ्गामाया अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न राष्ट्रपति भण्डारीले आयोगसँग आग्रह गरेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा बोलाएर आयोगका नवनियुक्त पाँचैजना पदाधिकारीसँग छलफल गर्दै राष्ट्रपति भण्डारीले भने, ‘‘पछिल्लो पहटक पुस ६ गतेदेखि गङ्गामाया अनसन बसिरहनुभएको छ, उनको स्वास्थ अवस्था जटिल बन्दै गएकाले आयोगले तत्काल पहल गरी उनको जीवन बचाउनु पर्छ ।’’राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको समेत बारम्बार ध्यानाकर्षण गराइसकेको स्मरण गरेकी थिईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस