प्रचण्ड–नेपाल पक्षको जनसभाले काठमाण्डौमा सास्ती, चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २८, बुधबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ । पुतली सडक, पद्मोदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । यी चोकहरुमा मुख्य गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान साढे ८ बजेदेखि सार्बजनिक र निजी चार पाङ्ग्रे गाडीलाई चक्रपथ भित्र प्रवेशमा रोक लगाइएको छ ।

यस्तै, घण्टाघरबाट पनि गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौको भृकुटीमण्डपमा दिउँसो १२ बजे हुने विरोध सभा अघि ठाउँ ठाउँबाट जुलुस र र्‍याली निस्कन थालेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भइरहेको प्रचण्ड– नेपाल समूहले जनाएको छ । प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस