माघ २८ काठमाडौं । असंवैधानिक कदम चाल्नेओलीलाई बालुवाटारबाट सडकमा फाल्ने बताएका छन् ।
नेकपा प्रचण्ड माधव पक्षका नेता बसन्त कुमार चौधरीले असंवैधानिक कदम चाल्ने केपी ओलीलाई नेपाली जनताले बालुवाटारबाट सडकमा फाल्ने चेतावनी दिएका छन् ।
बुधबार ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन यस्तो चेतावनी दिएका हुन् । ‘खवरदार केपी जी, जनता गाउँबाट उठिसके । तपाईलाई समाप्त पार्ने आन्दोलन उर्लिसकेको छ । २० लाख थारुले ओलीको असंवैधानिक कदमका विरुद्ध उठाएको झण्डा अव रोकिदैन । अव बालुवाटारबाट ओलीलाई सडकमा फाल्नेछ ।’