माघ २९ काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् ।
डा.कोराइलाले भनेका छन्, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ ।’
सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाले ओली सरकार रहेसम्म अनिश्चितताको भूमरीमा फस्ने पनि बताएका छन् । कोइरालाले झाँक्री पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग समेत गरेका छन् ।
प्रहरीले झाँक्रीलाई राज्य विरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले बिहीबार दिउँसो झाँक्रीलाई मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएर पक्राउ गरेका हुन् ।