फागुण २, काठमाडौँ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको टुङ्गो नै नलागी निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आयोगमा बोलाएको छ ।
निर्वाचन आयोगका अनुसार आयोगले आचारसंहिताको मोटामोटी मस्यौदा तयार बनाइसकेको र त्यसमा दलहरुको सुझाव समेट्न छलफल गर्न लागेको हो ।