प्रचण्डको मनमा पनि मध्यावधी चुनावको भाव, भन्छन्-‘निर्वाचनमा ओलीलाई हराएर देखाउँछौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ३, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुण ३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता र राम्रो दिमाग नागरिक सबै प्रतिनिधिसभा विघटनविरुद्ध रहेको बताएका छन् । श्रद्धाञ्जली सभाका लागि सोमबार बिहान चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले सबै एकजुट भएर प्रतिगमनलाई पराजित गर्नुपर्ने तर्क गरे । उनले ओली सरकारले घोषणा गरेको निर्वाचन कुनै हालतमा नहुने उनले बताए । प्रधानमन्त्री ओलीले बुटवलको आमसभामा टाउको गनेर नभइ बाकस थापेर जनता कसको पक्षमा छ भन्ने कुरा देखाउन प्रचण्ड(माधव पक्षलाई चुनौती दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस