ओलीलाई डा. शेखर कोईरालाको प्रश्न : के महाराजा बन्न लालाहित भएको हो ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ४, मंगलबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फागुण ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ?’ भन्दै प्रश्न गरेका छन् । ‘के महाराजा बन्न लालायित भएको ? राजाहरुले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको ?’ आक्रोसित मुद्रामा डा कोइरालाले भने ।

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भुमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउँन परेको बताए । सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफुहरुले संबैधानिक इजलासमा बस्ने न्यायधीश हरुलाई दबाब अथवा आग्रह नगरेको बताए ।

‘संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी बिस्वस्त छौँ उनले भने।’

ताजा अपडेट

खोजी गर्नुहोस