प्रचण्ड भन्छन्-‘प्रधानमन्त्रीको लोभ मलाई छैन,लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षामा छु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ४, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुण ४, चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्रीको लोभ नभएको बताएका छन् । संविधानमाथि प्रहार गरेर संसद विघटन गरेको विरुद्धमा पूनर्स्थापना आन्दोलनमा होमिएको धारणा ब्यक्त गरेका छन् ।

‘मलाई प्रधानमन्त्रीको लोभ विल्कुलै छैन, यो भ्रम कसैलाई नपरोस् , प्रचण्डले यो संघर्षको नेतृत्व गर्न थालेको प्रधानमन्त्री पाउनलाई भन्ने परेको छ भने त्यो गलत हो’ म प्रधामन्त्रीको दावा गरेर लडेको होइन, राष्ट्र , जनता संविधान र लोकतन्त्रका निम्ति धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति हो । यो मसँग सम्बन्धित होइन ।’ प्रचण्डले मुलुकको राजनैतिक संकट समाधान गर्न प्रतिपक्षीको डिमाण्डलाई स्विकारेको बताएका छन् । संसद पुनर्स्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस