पार्टीमै पुनःस्थापना विरोधीका रूपमा प्रचार गर्न खोजे : देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ६, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुण ६, काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको गुनासो छ । ‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वोच्च अदालतको फैसला कुरौं भनेको हो।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन् । नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने ।

ताजा अपडेट

खोजी गर्नुहोस