नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ६, बिहिबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

फागुण ६, काठमाडौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो । यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

पाँच वर्षमा महाधिवेसन गर्न नसकेपछि काँग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्ने छ । बैठकमा काँग्रेस संस्थापन पक्षबाट प्रस्ताव पेस भएको छ । केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहमत छैन । प्रस्तावमाथि आज छलफल सुरु भएको छ । बैठकमा पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने धारणा राखेका थिए । तत्लो तहको अधिवेशनको मिति व्यवहारिक नभएको उनको भनाइ थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस