निर्वाचनमा सञ्चारमाध्यमले निष्पक्ष भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्रीको जोड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुण ७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकासले सम्भव तुल्याएका थरिथरिका मञ्चको सही र मानवीय उपयोग गर्नुपर्नेमा दुरुपयोग भइरहेका अवस्थामा सञ्चारमाध्यमको अत्यावश्यक मुहान राष्ट्रिय समाचार समितिको औचित्य बढ्दै गएको बताएका छन् ।

मुलुकको आधिकारिक सूचना प्रणालीको मेरुदण्डका रुपमा क्रियाशील रासस स्थापनाको ५९ औँ वर्ष पूरा गरी ६० वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाल सरकारका तर्फबाट राससको संस्थागत विकास तथा व्यावसायिकताको प्रवद्र्धनमा उचित सहयोग भइरहेको र भविष्यमा पनि रहने प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस