चैत्र २३, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवाको संचालन र गठन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सूचनामा बैठकमा हुने सम्भावित कार्यक्रमबारे समेत जानकारी दिइएको छ ।