ताप्लेजुङका आगलागी पीडितलाई क्षतिपूर्ति दिन भट्टराइको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत २३ काठमाडौं । एमाले नेता तथा सांसद योगेश भट्टराइले ताप्लेजुङमा भएको आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङको दोभान लगायतका स्थानमा ५२ भन्दा बढी घर जलेर नष्ट भएको भन्दै पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गर्न र तथा भौतिक पूर्वाधारको व्यवस्था गर्न संसदमार्फत सरकारको ध्यानकर्षण गराए ।

उनले ताप्लेजुङमा केही वर्षभित्रै ५ पटकभन्दा बढी आगलागी भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस