बुढानीलकण्ठमा ३ दलको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २७, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक शुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सहितको बैठक शुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका छन् ।

जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस