कांग्रेस महामन्त्री भन्छन्–’कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २८, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २८,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । आज शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो।

ताजा अपडेट

खोजी गर्नुहोस