सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ४, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ४,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिए मात्र जाने अडान लिएको बुझिएको छ । बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिस्कार गर्ने भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस