गृहमन्त्री बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख ५ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस