कोरोना सङ्कट समाधानबारे सरकारका प्रवक्ता र सरोकारवालाहरुबीच कुराकानी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाण्डौ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधबार बढ्दो कोभिड सङ्कट समाधानका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुुली, रेडक्रसका अध्यक्ष डा नेत्र तिमिल्सिना, गैरसरकारी संस्था महासङ्घ, नेपालका अध्यक्ष जितराम लामासँग भेट भएको छ ।

भेट छलफलमा कोरोना सङ्क्रमितको उपचार, पीडितलाई राहत तथा सङ्क्रमण नै हुन नदिने गरी जनचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउन सहकार्यका साथ काम गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस