चार सांसदलाई कोरोना पुष्टि, जसपाका तीन र कांग्रेसका एकमा संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाण्डौ । पीसीआर परीक्षणमा चार सांसदसहित दुइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालयले जनाएको छ । कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी जसपा का तीन र कांग्रेसका एक सांसद छन् ।

संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको स्रोतले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस