बैशाख २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमवार र बिहीवार सातामा दुई नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेपनि प्रधानमन्त्री ओलीले शनिवार लागि बैठक बोलाएका हुन् ।
आज साँझ ५ बजेका लागि बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बैठकका एजेण्डाहरु भने खुलाइएको छैन ।