बैशाख २८, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे तयारीका लागि बैठक डाकेका हुन् । बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन् ।