जेठ २, काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ ।
आइतबार दिउँसो १ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता तय भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।