एमाले कार्यदलको बैठक नबस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाण्डौ । नेकपा एमालेको विवाद समाधानको लागि गठित दश सदस्यीय कार्यदलको बैठक आज नबस्ने भएको छ । कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पत्रकार ऋषि धमलालाई दिएको जानकारअनुसार आज बैठक नबस्ने भएको हो । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्षबाट ५र५ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक छन् भने नेपाल पक्षबाट डा. भीम बहादुर रावल छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो भएको भेटवार्ताले दश सदस्यीय कार्यदल गठन गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस