सीसीएमसी खारेज गर्न माओवादीको माग !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ ६, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी खारेज गर्न माग गरेको छ । बिहीवार पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो ।

विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस