जेठ ८, काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मध्यरातमा प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयप्रति आपत्ति जनाएका छन् । मध्यरातमा ट्वीट गर्दै नेता वर्षमान पुनले राष्ट्रपति भण्डारीको कदमले शाहीकालीन झल्को दिएको उल्लेख गरे ।
महत्वूर्ण घोषणाका लागि ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गरेको उल्लेख गर्दै पुनले राष्ट्रपति भण्डारीले पनि ‘मध्यरातमा डकैती गरेको’ आरोप लगाए। ‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’