जेठ ८, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति आक्रोशित बनेका छन् । शनिबार भर्चुअल रुपमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसप्रति आक्रोश पोखे । उनले काँग्रेसले शनिबार जारी गरेको औपचारिक वक्तव्यमा राष्ट्रपति विद्या भण्डारीलाई ‘तिमी’ भनेको भन्दै आक्रोश पोखे ।