जेठ ९, काठमाडौ । जनता समाजवादी पार्टी जसपाले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको हो। शुक्रबार अर्का अध्यक्ष महन्थ ठाकुर सहितका सांसदको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।