जेठ १०, काठमाण्डौ । सरकार जेठ १५ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८÷०७९ को पूर्ण बजेट ल्याउने तयारीमा जुटेको छ । आइतबार आफ्नो सरकारी निवास बालुवाटारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुरुप बजेट आउने बताए ।
उनले आगामी आर्थिक वर्षको बजेट औपचारिक कार्यक्रमका बीच अध्यादेशमार्फत ल्याउने भन्दै आफूले यसअघि भाषणमा भनेका कुरा समेटेर बजेट आउने पनि बताए ।