जेठ ११, रुपन्देही । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उनीहरुले मतदान गर्न नपाउने भएका छन् ।
जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा अदालतबाट सांसद थमौती भएका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले मतदान गर्न नपाउने भएका हुन् ।