जेठ ११, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले पुनःस्थापित प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाहीको माग गर्दै रिट दायर गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधी प्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेकोले निजलाई तत्काल २४ घण्टाभित्र अदालतमा उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम अर्थात १ वर्ष कैद एवं दश हजार जरिबाना गरी पाउ भन्ने माग सहितको निवेदन आज सर्वोच्चमा पेश गरेका हुन् ।