बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्रीको शुभकामना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १२, बुधबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् ।
दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा एकसन्देश जारी गर्दै उनले उक्तआग्रह गरका हुन् । ‘यस्ता गलत कुरा नसच्चिएको भन्ने सुनिन आएको छ, आजको वैज्ञानिक तथा सूचनाको युगमा यस्ता त्रुटि कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै पढाउनु वाञ्छनीय हुँदैन,’ उनको सन्देशमा भनिएको छ, ‘त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस