काठमाण्डौ चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण ! होमआइसोलेशनमा आराम गर्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १२, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित भएका हुन् ।

उनी अहिले होमआइसोलेशनमा छन् । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् । तीमध्ये तीन हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले राससलाई जानकारी दिए । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस