नेपाल पक्षका १२ जनालाई ओलीले सोधे स्पष्टीकरण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १२, बुधबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाण्डौ । सत्तारुढ नेकपा एमालेले संसद विघटनविरुद्ध उत्रिदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउन माग गर्दै सर्वोच्च अदालत पुगेका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले उनीहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाएको जानकारी दिए ।

उनका अनुसार घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टिकरण पत्र पठाइएको छ । सोमबारको ओली पक्षीय स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना सांसदलाई पार्टी सदस्यताबाट निश्कासनका साथै यी १२ जना सांसदलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण पत्र पठाउने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस