नेपालको राजनीतिक अबस्था आन्तरिक मामिला भएको भारतको भनाई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १२, बुधबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाण्डौ । नेपालको राजनीतिक परिघटनाबारे दक्षिणी छिमेक भारतले आफ्नो प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषयसँग जोडिएको प्रशनमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो ।

बुधवार नयाँदिल्लीमा भएको नियमित पत्रकार भेटघाटमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालमा विकास भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियाले पनि त्यो उसको आन्तरिक मामिला भएको टिप्पणी गरे ।
नेपाल आफ्नो समस्या समाधान गर्न सक्षम रहेको भन्दै बागचीले भन्नुभयो, ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस