जेठ १३, काठमाण्डौ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलाशमा हुने भएको छ । विघटनविरुद्ध परेका ३० मध्ये १९ रिट प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न लागेका हुन् ।
अहिले सुनुवाइको तयारी भइरहेको छ । एकल इजलासले बजेटलगायत प्रधानमन्त्रीका नीतिगत निर्णय रोक्ने वा नरोक्ने विषयमा अन्तरिम आदेशबारे निर्णय लिन सक्ने छ । यी रिटलाई अरु रिटसगै सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाउने सम्भावना छ।