जेठ १३, काठमाडौं । संसद विघटनपछि आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट कसरी आउला भन्नेमा चासो बढेको छ । यसैक्रममा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री निवास बालुवाटारबाटै सार्वजनिक गर्ने तयारी गरेको छ ।
जेठ १५ गते बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नेछन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ ।