संसद विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा, आज सुनुवाइ हुने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १४, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाण्डौ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । बिहीबारको प्रधानन्यायाधीशको एकल इजलासमा १९ रिट निवेदनको सुनुवाइ भएको थियो ।

संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस