प्रधानमन्त्रीका सल्लाहकारले दुई करोडका सामान खरिदमा अनियमितता गरेको पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १५, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाडौ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा दुई करोडका सामान खरिदमा अनियमितता भएको पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अनियमितता पुष्टि भएको हो । प्राधिकरण अन्र्तगत केन्द्रीय आयोजना कार्यान्वायन इकाई शिक्षामा अनियमितता भएको हो । ३५ वटा डेस्कटप कम्प्युटर तथा २२ वटा ल्यापटक खरिद गर्दा स्पेशिफिकेसनमा तोकिएको भन्दा अर्को सामान खरिद गरेकोले त्यसमा अनियमितता देखिएको हो ।

अख्तियार स्रोतका अनुसार कम्प्युटर र ल्यापटक खरिदको ठेक्का पुतलीसडकको म्याक्स इन्टरनेशनल कम्पनीलाई छनोट गरिएको थियो । आइटीका सरकारी ठेक्कमाा केही वर्षयता सोही कम्पनीले कब्जा जमाउँदै आएको छ । कम्पनीका मालिकको प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीसँग निकटता भएकाले यसले करोडौंका ठेक्का हात पार्दै आएको हो ।

यहाँ पनि सोही कम्पनीले बदमासी गरेको हो । एउटा सम्झौता गरेर अर्को सामान भिडाएर उसले अनियमितता गरेको छ । माग अनुसार ब्याकलिट किबोर्ड हुनुपर्नेमा नन–ब्याकलिट किबोर्ड दिइएको छ । कम्युटर र ल्यापटकको अपरेटिङ सिष्टम ‘प्रि फ्याक्ट्री इन्सटल्ड’ हुनुपर्ने स्पेशिफिकेनमा थियो त्यसअनुसारको अपरेटिङ सिष्टम छैन । ल्यापटपको प्रोसेसर समेत तोकिएअनुसार नपाइएको आयोगको छानबिनमा खुलेको छ ।

प्रधानमन्त्रीका आइटीविज्ञ अलीकै कारण सो कम्पनीले बिद्यालयमा स्कुल ल्याब राख्ने तीन अर्बको प्रोजेक्ट हात पारेको थियो । त्यसमा पनि ठूलो भ्रष्टाचार भएको थियो । सेकेण्ड ह्यान्ड सामान आयात गरेर सो कम्पनीले स्कुल ल्याब स्थापना गरेको थियो । ल्यापटप बिक्रिको अनियमितता समेत म्याक्स मुछिएको छ।

छानबिनमा अनियमितता पुष्टि भइसकेपछि आयोगले मुद्दा दायर भने गर्न सकेको छैन। प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा यसरी मुद्दा दायर नगरिएको स्रोत बताउँछ। त्यस्तै, सो कार्यालयबाट छपाईका सामान खरिद तथा बिद्यालयका भवन निर्माणमा समेत ठूलो अनियमितता भएको छानबिनमा देखिएको छ । दृष्टि न्यूजबाट

ताजा अपडेट

खोजी गर्नुहोस