सभामुख भन्छन्-‘सुदृढ राष्ट्रिय एकता अपरिहार्य छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १५, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले गणतन्त्र स्थापनाका लागि भएको जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले आन्दोलनमा घाइते,अपाङ्ग र बेपत्ता भएकाहरुप्रति सम्मान व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस