जेठ १५, काठमाण्डौ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए ।
यसबाट १ लाख रोजगारी सृजना हुनेछ । निजी क्षेत्रको सहकार्यमा उद्योगभित्र तीन महिनाको तालिम दिईनेछ । तालिमको लागि अनुदान दिईनेछ । यसबाट थप २५ हजार रोजगारी सृजना हुने अर्थमन्त्रीले बताए ।
यस्तै ५ प्रतिशत व्याजदरमा प्रदान गर्दै आएको पुनरकर्जाको सुविधाको निरन्तरता दिइएको छ । यस्तो कर्जा रकमको प्रयोग गर्न सकिने सीमा र क्षेत्र वृद्धि गरिने भएको छ । विभिन्न शीर्षकमा दिइएको सहुलियत पूर्ण कर्जाको निरन्तरता दिइने । यसको लागि १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहित गर्ने उदेश्यले परियोजनाको धितोमा १ प्रतिशत व्याजमा २५ लाखसम्म बिउ पूँजी कर्जा प्रदान गर्ने अर्थमन्त्रीले बताएका छन् ।