जेठ १५, काठमाण्डौ । काठमाडौं मतदाता प्रभावित हुनेगरी बजेट सार्वजनिक नगर्न दिएको सुझावलाई वेवास्ता गर्दै सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ। सरकारले आर्थिक बर्ष २०७८।७९ को बजेटमा सबैखाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । यसअघि बृद्धभत्ता मासिक ३ हजार रुपैयाँ थियो। सामाजिक सुरक्षा भत्ताका लागि चालु आर्थिक वर्षमा ७३ अर्ब ८१ करोड रुपैयाँ बिनियोजन गरेको छ ।