विपक्षी गठबन्धनका नेताहरु बूढानीलकण्ठमा,को–को छन् सहभागी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । विपक्षी गठबन्धनका नेताहरुबीच छलफल चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विहान साढे ९ बजेबाट छलफल जारी छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।

यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् ।​ जसपाबाट अध्यक्ष उपेन्द्र यादव संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल छिन् । संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस