संवैधानिक इजलासका सदस्य बमकुमार श्रेष्ठको सहभागीताप्रति प्रश्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ संसद विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा आइतबार पनि संवैधानिक इजलासका एक जना सदस्य बमकुमार श्रेष्ठको सहभागीताप्रति प्रश्न उठेको छ ।

रिट निवेदकका तर्फबाट सुरुमा बहस गर्न आएका अधिवक्ता गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका हुन् । उनले शुक्रबार पहिलो दिनको बहसमा पनि यही प्रश्न उठाएका थिए ।

बन्दीले इजलास गठनमा प्रश्न उठाउँदै पछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले यो बहसमा कति समय लिने भनेर सोधे । बन्दीले एक घण्टा समय चाहिने बताए । बन्दीले यो विषयमा ५ जनाले बहस गर्ने पनि बताए । प्रधान न्यायाधीशले अनुमति दिएपछि बन्दीले बहस थाले ।

ताजा अपडेट

खोजी गर्नुहोस