जेठ १६, काठमाण्डौ । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजेका लागि बैठक बोलाइएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।