जेठ १८, काठमाडौं । सरकारले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी तहमै मल खरिदका लागि प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकमा भारतसँग जि टु जि सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने गरि प्रस्ताव गएको छ ।