जेठ १८, काठमाडौं । नेपाली कांग्रेसले सरकारले जनअनुमोदनको आधार गुमाइसकेको दाबी गरेको छ । अनेक छलछाम र प्रपञ्च रचेर प्रतिनिधि सभा विघटन गरेको सरकारले वैधनिकता गुमाइसकेको कांग्रेसको आरोप छ ।
सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को बजेटबारे सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले ‘सरकारले जनअनुमोदनको आधार गुमाएको’ निष्कर्ष निकालेको हो ।