डा. कोइराला भन्छन्-‘ओलीले कानून व्यवसायीको मानमर्दन गरे’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीहरुमाथि गरेको मानमर्दन हारेको मानसिकताको उपज भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेलगत्तै कांग्रेस नेता कोइरालाको यस्तो टिप्पणी आएको हो ।

ओलीले कानून व्यवसायीलाई लगाएको आरोप उनीहरूले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उपहास समेत भएको उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस