सात प्रहरीसहित एक बालक मारेको आरोप लागेका रेशम चौधरीको रिहा गर्ने सरकारको निर्णय !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाडौ । नेपाल सरकार र थारू कल्याणकारी सभा, थरूहट थारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा थरुहट थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनिराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनअनुसार पहल गरिने उल्लेख गरिएको छ ।

टिकापुर घटनामा एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान गएको थियो । उक्त घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएका हो । ७ भाद्र २०७२ मा टीकापुरमा भएको थारु विद्रोहका क्रममा एसएसपीसहित सात प्रहरीहरु र एक बालक मारिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस